दिनभर घुमघाम र मदिरा सेवन, राति बलात्कार ! (यसरी भयो बलात्कार)

Posted on: 19 Feb, 2018

फागुन ७, काठमाडौँ | माघ २१ गते राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी एक युवतीलाई प्रहरीले पक्राउ गरको  छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरलेहिरासतमा राखी अनुसन्धान अघि बढाएको हो । घटनाको पाँच दिनपछि केटासाथीको सल्लाह बमोजिम पिडित युवतीले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि घटना बाहिर आएको हो । सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले आफू बलात्कृत भएको भन्दै जाहेरी दिएकि हुन् ।

घटनाको १५ दिन भइसक्दा पनि मुख्य आरोपी जुम्ला सिञ्जा घर भएका मनोज खत्रीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य आरोपी खत्री शृंखलाबद्ध गुन्डागर्दीमा संलग्न धादिङको राधे समूह निकट छन् । पक्राउ परकी युवती बलात्कृत युवतीकी रुममेट हुन् । घटनाको राति उनी आफ्नो प्रेमीसँग अर्को कोठामा सुतेकी थिइन् ।

यसरी भयो बलात्कार 

पिडित युवती र अहिले थुनामा रहेकी युवती नेपालगन्जमा पढ्दादेखि नै सँगै डेरा गरी सँगै बस्थे । पछिल्लो समय उनीहरु दुवैजना बुद्धनगरमा भाडामा बस्थे । घटना घटेको दिन यी दुई सहित तीन युवती सुन्धारा पुगे । त्यहाँ उनीहरूले भेट्न आएका ४ जना केटासँगै बसेर खाना खाए र मदिरा पिए । सात मध्ये पाँच जना सुन्धाराकै एक रात्रि कालीन क्लबमा पुगे भने दुई युवती ट्याक्सी चढेर राति बुद्धनगरस्थित कोठामा फर्के । 

राति मनोजसहित कमल शाही र कमल सिंह युवतीकै कोठामा आए । अहिले थुनामा रहेकी युवती एउटा कोठामा आफ्नो प्रेमीसँग बसिन् भने अर्को कोठामा पीडित युवती, उनकी साथी, मनोज खत्री र कमल सिंह सुते । फरक-फरक ओछ्यानमा सुतेपनि मध्यरातमा मनोजले आफूलाई बलात्कार गरको भन्दै घटनाको पाँच दिनपछि युवतीले बानेश्वर वृत्तमा जाहेरी दिइन् । स्रोतका अनुसार मदिरा लागेकाले बलात्कार गर्दा प्रतिकारमा आफू असफल भएको युवतीले बताएकी छन् । घटनालगत्तै मौन रहेकी युवती आफ्ना केटा साथीको सल्लाह अनुसार प्रहरीकहाँ जाहेरी लिएर पुगेकी थिइन् ।

घटनाको राति कोठामै रहेका कमल शाही बाँके कोहलपुरका नेविसंघ कार्यकर्ता हुन् । प्रहरीले मुख्य आरोपी मनोज खत्रीको कल डिटेलसमेत झिकाएर अनुसन्धान थालेको छ । 

- यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका हुन् 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!