फोरम र राजपाको सहयात्रा टुट्ने भयो !

Posted on: 03 Mar, 2018

फागुन १९, काठमाडौँ | ‘संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ । संघिय समाजवादी फोरम सरकारमा जाने र राजपा प्रतिपक्षमा बसने भएपछि सहयात्रा टुट्न थालेको हो’, यो खबर नागरिक दैनिकले आफ्नो समाचारमा लेखेको हो ।


फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक-पटक वार्ता भइसकेको छ  ।  पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!