सर्लाहीका रासनारायणको खुसीको यात्रा रोकिए !

Posted on: 14 Mar, 2018

फागुन ३०, काठमाडौँ | दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे । 

जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेवी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् । 

तर त्यसो हुन सकेन । 

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ । =आजको नागरिक दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!