यी हुन् नेपालकै सबैभन्दा कान्छी सांसद

Posted on: 18 Mar, 2018

चैत ४, दैलेख - प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।

नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।


संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् ।

उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!