कंगोबाट ल्याइएको सुटकेस जिल्ला अदालत काठमाडौंबाट कसले पार्यो गायब ?

Posted on: 16 Apr, 2018

बैशाख ३, काठमाडौं | कंगोबाट संरक्षित वन्यजन्तु सालकको खबटा लुकाएर काठमाडौं ल्याइएका ६ वटा सुटके जिल्ला अदालत काठमाडौंबाट गायब पारिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाले लेख्नुभएको छ ।

सालकका खबटा भने प्लास्टिकको झोलामा राखेर जिल्ला वन कार्यालय, काठमाडौं ल्याइएको छ । सुटकेससहित समातिएका दुई चिनिया नागरिक पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन् । गत माघ १५ मा टर्किस एयरलाइन्स (टीके ०७२६) इस्तानबुलबाट काठमाडौं आएका चिनिया नागरिकद्वय ३८ वर्षीय क्यु गोरुङ र ३३ वर्षीय क्यु लिबाओ विमानस्थल भन्सार कार्यालयको रेड च्यानल क्षेत्रको एक्स–रमा जांचको क्रममा ६ थान सुटकेस (लगेज) सहित पक्राउ परका थिए । सुटकेस खोलेर हेर्दा संरक्षित सूचीको सालकको खबटा (आखेटोपहार) प्लास्टिकमा पोको पारेर राखिएको फेला परपछि उनीहरूलाई पक्राउ गरी वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको थियो।

वन कार्यालयले सरकारी वकिलको निर्णयअनुसार बरामद सुटकेस र सालकको खबटासहित दुवै जनालाई जिल्ला अदालत, काठमाडौंमा पेस गरको थियो । जिल्ला अदालतले चिनियालाई पुर्पक्षका लागि थुनामा पठायो भने उनीहरूबाट बरामद खबटा प्लास्टिकमा पोको पारेर वन कार्यालय, काठमाडौंको जिम्मा लगायो । र यस बिषयमा मुद्धा दायर भयो । 

तर अन्तिम फैसला नहुन्जेल बरामद सबै सामान सुरक्षित राख्नुपर्नेमा बीचमै सुटकेस गायब पारिएको भन्दै वन विभागले महान्यायाधिवक्ता अग्नि खरलसमक्ष जानकारी माग्दै पत्राचार गरको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!