गोरेसँगको बयानले थप रहस्य..., पहिलो दिन ६ पृष्ठको बयान

Posted on: 24 May, 2018

जेठ १०, काठमाडौँ | सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेसँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । 

प्रहरीले गोरेसँगको बयान लिने क्रमलाई विहीबार पनि जारी राख्नेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ । 

ढिलो-ढिलो थोरै-थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ । गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ । 

पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ, स्रोतले भन्यो । 

- यो समाचार आजको नागरिक दैनिबाट लिईएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!