उपत्यकाको खानेपानीमा भेटियो ७१ प्रतिशत दिसाजन्य (कोलिफर्म) !

Posted on: 29 Jun, 2018

असार १५, ललितपुर | ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरे ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । 

कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आईरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्याधिक पाईएको छ । 

कार्यालयले लुभु, भैँसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनारा, पोखरी, ट्यांकीलगायत १० खानेपानी आयोजनाअन्र्तगतका विभिन्न ठाउँमा गरेको खानेपा गुणस्तर पानी नमुना परक्षणबाट यस्तो पत्ता लागेको हो । 

कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । 

यसअघि गरिएको परीक्षणमा ८४ प्रतिशत कोलिफर्म भेटिएको थियो ।, आजको कान्तिपुरमा यो खबर । 

के हो कोलिफार्म ? 

कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ। यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो। यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!