अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

Posted on: 31 Oct, 2018

कात्तिक १४, मुस्ताङ | मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ  दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो । यो सूचनाले अन्नपूर्ण संरक्षण क्षेत्रका साथै मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रकमा प्रवेश गर्न आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क बुझाउनुपर्नेछ । अहिलेसम्म संरक्षण क्षेत्रमा जान नेपालीलाई शुल्क लाग्दैनथ्यो । अब शुल्क नबुझाई उक्त क्षेत्रमा प्रवेश गरे प्रवेश शुल्कका दोब्बर जरिवाना लाग्नेछ। 


ए भृकुटीमण्डपस्थित एक्याप काठमाडौंको इन्ट्री परमिट काउन्टर, लमजुङको बेसीशहर र पोखराको ड्यामसाइडस्थित इन्ट्री परमिट काउन्टरबाट प्रवेश अनुमति लिने व्यवस्था मिलाइएको छ । यी काउन्टरबाट अनुमति लिए १०० रुपैयाँ मात्रै दस्तुर लाग्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!