त्रासका कारण सर्लाहीको दुई गाउँ पुरुषहीन

Posted on: 05 Nov, 2018

कात्तिक १९, काठमाडौँ | सर्लाही जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । 

घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

अनावश्यक डरत्रासले खैर्वाा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!