दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

Posted on: 12 Nov, 2018

कात्तिक २६, बर्दिया | ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । 

ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । 

पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । 

प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए  । साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेका हुन् ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!