निर्मलाकी आमाले गरिन् यी ८ प्रहरीविरुद्द उजुरी

Posted on: 19 Dec, 2018

पुस ४, कञ्चनपुर | निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । 

तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चादनी साउदविरुद्ध दुर्गादेवीले जाहेरी दिएकी हुन् । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!