निर्मला हत्या प्रकरण: सीआईबीको अर्को टोली कञ्चनपुर पुग्यो

Posted on: 24 Dec, 2018

पुस ९, काठमाडौँ | कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा प्रहरीहरुले प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन । 

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ । 

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!