डिग्री पास गरेका चालक भन्छन्, सोच ठूलो भएपछि काम सानो हुँदैन

Posted on: 27 Dec, 2018

पुस १२, गुल्मी | बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि छ |

समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौँ भन्ने सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् । 

कामलाई सानो ठूलो होइन सफलतापूर्वक गर्नुपर्छ जेमा पनि कमाइ गर्न सकिन्छ भन्दै उनले अटोरिक्सा चलाउन सुरु गरको बताए । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!