तीन दिनको वर्षाले सर्लाहीमा ४ करोड स्वाहा

Posted on: 10 Feb, 2019

माघ २७, सर्लाही | शुक्रबादेखि लगातार परेको वर्षाका कारण सर्लाहीमा ४ करोडभन्दा बढी काँचो इँटा गलेर नष्ट भएको छ । जिल्लामा अहिले ८० वटा इँटा उद्योग सञ्चालनमा रहेको सर्लाही इँटा व्यवसायी संघका अध्यक्ष मैथुर चौधरीले जानकारी दिनुभयो । एक महिनादेखि पकाउन ठिक्क पारेको इँटा वर्षाको पानीले गलेपछि त्यहाँबाट हटाउनसमेत झन्झट हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

भट्टामा पोल्न तयारी अवस्थामा राखेको इँटा पानीले नष्ट पारेपछि इँटा व्यावसायीले ठुलो क्षति व्यहोर्नुपरको अम्बर इँटा उद्योगका सञ्चालक नाग्रेन्द्र दाशले बताउनु भयो । पोल्नका लागि तयारी इँटा पानीले गलाउँदा प्रत्येक इँटा भट्टा उद्योगले करिब २५ लाखसम्मको नोक्सानी बेहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । 

एउटा इँटा तयार पार्न कम्तीमा तीन रुपियाँ लाग्ने उद्योगीहरुको भनाई छ । बैंक तथा वित्तिय संस्थाहरुबाट महँगो ब्याजदरमा ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई बेमौसमी वर्षाले ठुलो आर्थिक क्षति पु-याएको उनीहरुको गुनासो गरेका छन् । 

- यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!