नेकपाका सांसद ओलीको निधन

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको शुक्रबार बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

प्रदेश सांसद ओली सवार जीप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!