भिडियो कलबाटै सम्बन्ध विच्छेद गर्ने बढ्दो

Posted on: 15 Mar, 2019

चैत १, बाँके | नेपालगञ्ज उपमहानगरपालिका, ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयो । 

उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टु्ट्यो । ३३ वर्षीय इस्मा अहिले मजदुरी गरेर छोरी हुकाउँदै छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले ‘हेलो’ भनिन् । उतबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पूर्णविराम लाग्यो । सम्बन्ध बिच्छेदन भएको मान्दै उनी माइतीघरमै छिन् । उनले शारीरिक रुपले अशक्त छोरो हुर्काउने दायित्व सम्हालेकी छन् ।

इस्मा र नाजिया जस्ता थुप्रै मुस्लिम महिला सम्बन्ध विच्छेद शब्दमै स्वीकार गर्छन् । कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् । ‘तीन पटक तलाक भनेपछि सँगै बस्ने कुरै भएन,’ नाजियाले भनिन््, ‘अदालतमा गएर झगडा गर्न मनले मान्दैन ।’ यो समाचार मधु शाहीले कान्तिपुरमा लेखेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!