जसले गरे तीन करोड दान

Posted on: 23 Apr, 2019

वैशाख १०, चितवन | मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन । 

मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पूनस्र्थापनाका लागि अस्पताल बनाउन नारायणगढमा एक दानवीरले तीन करोड रुपैयाँ दान दिने भएका छन् । 

नारायणगण् निवासी ९० वर्षीय उदयकुमार पिया सोमबार निकै खुशी देखिन्थे । उनले तीन करोड रुपैयाँ दिने पक्का भएपछि दिउँसो भरतपुर–३ बाह्रघरे सानो मझुवामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनस्र्थापना केन्द्रको शिलान्यास भयो । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!