युवतीसँग प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती माग

Posted on: 24 Jul, 2019

साउन ८ , काठमाडौँ | व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । 

बितौमोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बसने २० बस्ने २० वर्षीय ऋतु फियाक लिम्बु र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन् । 

चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उनीहरुलाई साउन ५ गते चारआलीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिसएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनीहरुको साथबाट बा१५च ७३३ नम्बरको कार, नक्कली पेस्तोल र लागूऔषद बरामद भएको उनले जानकारी दिए ।

ती व्यवसायीलाई बन्धक बनाउन युवतीको प्रयोग गरी नक्कली मायाजालमा फसाएको पाइएको बिर्तामोडका डिएसपी मोहन थापाले बताए । उनका अनुसार शंकरले भारतको दिल्ली बस्दै आएकी लिम्बूलाई बिर्तामोड बोलाएर व्यवसायीको फोन नम्बर उपलब्ध गराएका थिए । 

- यो समाचार कान्तिपुर दैनिकमा अर्जुन राजवंशीले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!