बैदेशिक रोजगारीमा दुबई गएका ६९ कामदारले तीन महिनादेखि नेपाल फर्कन पाएनन्

Posted on: 01 Sep, 2019

भदौ १५, काठमाडौं | बैदेशिक रोजगारीमा गएका यूएईस्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीमा करार अवधि सकिइसकेका ६९ नेपालीकामदारले स्वदेश फर्कन पाएका छैनन् | कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् ।

आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदारको भनाइ छ | उनीहरूलाई काममा समेत लगाइएको छैन । भने घर पनि पठाइएको छैन | त्यत्तिकै थन्किएर बस्नुपरेको छ,’ दार्चुलाका कृष्णसिंह कोटारीले भने, ‘करार अवधि सकिएको पनि दुई महिना बितिसक्यो ।’ सबै कामदारको भिसा अवधि समाप्त भइसकेको उनले बताए । कम्पनीले कामदारलाई स्वदेश पठाउनुपरे भिसा सकिएको दिनदेखि नै जरिवाना बुझाउनुपर्छ । ठूलो जरिवाना बुझाउनुपर्ने भएकाले कम्पनीले भिसा रद्द गर्न नसकेको हो । 

यता कम्पनीले भने नेपाली दूतावासलाई ६९ जना कामदार रहेको भन्दै नेपाल पठाउने प्रक्रिया थालेको जनाएको छ। तर उसले कहिले पठाउने भनेर मिति दिएको छैन | पिडितहरुले दुई महिनाअघिदेखि नै दूतावासलाई अनुरोध गर्दै आएको सोहि कम्पनीमा ५ वर्षदेखि कार्यरत नेपाली कामदार रहेको धनगढीका केशव साउदले बताए । 

कम्पनीबाट पाउने सेवासुविधा दिलाएर स्वदेश पठाउन कम्पनीसँग समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ | श्रम काउन्सेलर भेषराज कार्कीले दूतावासलाई कम्पनीविरुद्ध मुद्दा लड्न अख्तियार दिएर कामदार स्वदेश फिर्न सकिने वातावरण बनाइरहेको बताए |-यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!