एक सय मेनपावर ‘मर्ज’ हुँदै

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरुलाई एकआपसमा गाभिन(मर्जर) निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरु यसको कार्यान्वयनमा जुटेका छन् । 

आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जनर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरुले निवेदन दिएका छन् । 

विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार ९८ वटा मेनपावर ‘मर्ज’ हुनका लागि दुई सय ६६ वटा मेनपावर ‘मर्जर’ प्रक्रियामा जान चाहेका छन् । 

पाँच सय ७६ वटा मेनपावरले बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ भने नगद राख्नेमा पाँच सय ३३ वटा मेनपावर रहेका छन् । 

- यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!