रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौँ | जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ । 

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।


जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाएअनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ ।

यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले पहिलो चरणमा न्यूनमा मात्राका नर्स र केयर गिभर लैजाने बताए ।

- आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!