मुलुकको बैङ्किङ प्रणाली नाजुक: ५ घण्टामा १५ सयपटक पैसा झिकियो

Posted on: 02 Sep, 2019

भदौ १६ , काठमाडौँ | सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।


यता, एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौँमा ९ वटा विभिन्न बैङ्कका अवैध भिषा कार्ड मार्फत १ करोड २६ लाखभन्दा बढी चोरीमा संलग्न ५ चिनियाँ नागरिक शनिबार पक्राउ परेका छन् । चोरीमा संलग्न अन्य तीन फरार छन् ।

शुक्रबार काठमाडौँ आएका उनीहरुले शनिबार ५ घण्टामा १५ सय पटक कार्ड प्रयोग गरेको पाइएको छ ।

उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटीएम बुध प्रयोग गरेका छन् । रकम झिक्न प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता ग्लोबल आइएमई र सनराइज बैङ्कको एटीएम कार्ड प्रयोग भएको छ ।

- आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!