त्रिभुवन विमानस्थल सुरक्षित छैन, यात्रुको सामान चोरिन थाले

Posted on: 05 Sep, 2019

भदौ १९, काठमाडौँ | त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या  फेरि दोहोरिन थालेको छ । केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन् । 

अघिल्लो शनिबार भदौं ७ गते मलेसियाको मालिन्दो एयरबाट काठमाडौं आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरीएको हो ।


सरकारी काममा इन्डोनेसिया गएर मलेसिया हुँदै फर्केको टोलीका चारवटा झोलाबाट उक्त सामान हराएको सम्बद्ध यात्रुले बताए । ताला लगाएर बुझाएको झोला काठमाडौंमा ताला तोडेको अवस्थामा भेटिएको उनीहरुले बताएका छन् । 

- यो समाचार मिनराज भण्डारीले नागरिक दैनिकमा लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!