भारतीय शोधकर्ता भन्छन्- ‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ | पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् । 

भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले नेपालको समदूरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल आएको उल्लेख गर्दै उनले तर चीनको राष्ट्रपतिको आगामी सम्भावित भ्रमण मात्र नौ घण्टाको हुने पनि बताए । 

- यो समाचार आजको नागरिक दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!