नवलपरासीका चौधरीले जिते एक करोड

Posted on: 30 Sep, 2019

असोज १३, काठमाडौँ | एक करोड रुपयाँ जितेको सुनाउदै कान्तिपुरबाट फोनमा बधाई आउँदा नवलपरासीको सुनवल–१२ का अनिल चौधरीलाई पत्यार लागेन । बधाई दिने साथीभाइ, आफन्तजनको फोन बाक्लै आउन थालेपछि भने कान्तिपुर करोडपति सिजन–३ अन्तर्गत एक करोड रुपैया आफूले हात पारको उनलाई विश्वास लाग्यो।

‘पुरस्कार नै पाइन्छ भनेर ग्राहक बनेको थिइन, देशविदेशका समाचार पढ्न ग्राहक बन्दा पनि यति ठूलो पुरस्कार पाइदोरहेछ,’ २१ वर्षीय अनिलले टेलिफोनमा भने । आइतबार साँझ पौने ६ बजे एक करोड जितेको खबर थाहा पाउँदा अनिल सुनवलको भुमही चोकस्थित ‘चौधरी फ्रेस हाउस एन्ड किराना पसल’ मा मासु बेच्दै थिए । काठमाडौं सुन्धारास्थित सिभिल मलमा एक करोडका लागि गोला प्रथा गरिदा अनिलका नाममा रहेको रसिद नम्बर ८५६३९ निस्किएको थियो ।

कलाकार हरिवंश आचार्यले रसिद निकाल्दै पुरस्कार राम्रो ठाउँमा सदुपयोग हुने अपेक्षा सहित विजेतालाई बधाई दिए । १० वर्षदेखि कान्तिपुरको ग्राहक रहेको चौधरी परिवारमा एक करोड पाएसंगै खुसियाली छाएको छ । अनिल कान्तिपुर क्षेत्रीय कार्यालय भरतपुर अन्तर्गत ग्राहक बनेका थिए । उनका बुबा गयाले प्राप्त रकम व्यवसायमै लगानी गर्ने बताए । 

- आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!