शाही आक्रमण गर्नेको खोजी गर्न कठीन

Posted on: 30 Sep, 2019

असोज १३, भरतपुर | भ्रष्टाचार विरोधी अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरको चौबिसकोठीमा राखिएको सिसि क्यामेराले काम नगर्दा शाहीमाथि आक्रमण गर्ने समूह पत्ता लगाउन कठिनाइ भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मलले बताए । 

‘चौबिसकोठीमा राखिएको सीसी क्यामेरामा ४/५ जनाको अस्पष्ट अनुहार देखिएको छ,’ मल्ले भने, ‘यिनै व्यक्ति हुन् भनी किटान गर्न सकिने दृश्य देखिएन ।’ शनिबार ३ बजेतिर चौबिसकोठीको होटल ग्लोबलबाट बाहिरिन लागेको माइक्रो बसलाई रोकी शाहीसहित उनका साथीहरूलाई आक्रमण भएको थियो । आक्रमणमा संलग्न रहेको भन्दै पक्राउ परका एक जना शनिबार राति नै छुटेका छन् ।

पक्राउ परका व्यक्ति घटनामा संलग्न नभई घटना भएको समयमा उपस्थित भई हेर्नेमध्येकै रहेकाले छोडिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!