बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, तन्ना र प्लाष्टिकको बोरामा शव

Posted on: 27 Oct, 2019

कात्तिक १०, काठमाडौँ | वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो। 

वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए। नारायणी अस्पतालमा शवको पोष्टमार्टमपछि गोली लागि हत्या भएको खुलेको हो। चिकित्सकका अनुसार चौरसियाको टाउकोमा २, छातीमा २ र नाइटोमा १ गरी ५ वटा गोली लागेको छ। 

शवको पोष्टमार्टम रिपोर्ट आइ नपुगे पनि गोली हानेरै हत्या भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राठौरले बताए।

प्रहरीले अनुसन्धानको क्रममा एक दम्पतिलाई शुक्रबार राति नियन्त्रणमा लिएको छ।

- यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!