यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने

Posted on: 31 Oct, 2019

कात्तिक १४, काठमाडौँ | बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।

उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् ।

उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए ।

भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ ।

- यो समाचार आजको अन्नपूर्ण पोष्ट् प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!