निगमले पटक-पटक टेन्डर आह्वान गर्दा पनि बोइङ-७५७ बिक्री प्रक्रिया लम्बियो

Posted on: 05 Nov, 2019

कार्तिक १९, काठमाडौँ | नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ | उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ |

पछिल्लो समय निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबीच बिक्री प्रक्रियाका लागि आवश्यक समन्वय हुन नसक्दा ६ महिनादेखि उक्त कार्य लम्बिदै आएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!