विद्युतीय राहदानी बनाउने योजना अलपत्र

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौँ | राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ | विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने कार्य पछाडि सरेको हो |

गएको हप्ता बोलपत्र आह्वानमा आवेदन भरेका कम्पनीको प्रतिस्पर्धामार्फत सार्वजनिक हुने तय भएको थियो । सरकारले फ्रान्सेली कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि सम्झौता गर्ने निर्णय गरेसँगै राहदानी विभागले आफ्नो बोलपत्र आह्वान रद्द गरेको जनाएको छ । 

भदौ १० गते सेक्युरिटी प्रिन्टिङ स्थापना र त्यससँग सम्बन्धित सबै प्रक्रियाका लागि परराष्ट्र मन्त्रालय मातहत रहेको राहदानी विभागले प्रतिस्पर्धामा आधारित अनलाइन बोलपत्र आह्वान गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!