अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा

Posted on: 03 Dec, 2019

मङ्सिर १७, काठमाडौँ | वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ ।

गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश जान लागेका पढेलेखेका नेपालीहरु नै धेरै ठगीने गरेको देखाउँछ ।

विभागमा क्यानडा, अष्ट्रेलिया, पोल्याण्ड, मकाउ, स्पेन, चेक रिपब्लिक र दक्षिण अफ्रिका लगायतका धेरै आम्दानी हुने देशमा लैजाने भन्दै ठगीमा परेको उजुरी आएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । 

- यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!