बिहेको भोलिपल्टै पत्नीको हत्या, हत्या गरि सेफ्टीट्यांकीमा लुकाए

Posted on: 15 Dec, 2019

मङ्सिर २९, धादिङ | धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर९ गते धादिङ सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीया अनिशा तामाङलाई दुलहीका रूपमा भित्र्याएका थिए । मकवानपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको खुलेको हो ।

शव लुकाउन अर्जुनका काका छवि थापा मगर आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ । मंसिर १० गते दिउसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान घरमा नदेखेपछि अर्जुनलाई सोधखोज गरेका थिए । उनले माइतीघर गएकी भनेर टारेका थिए ।

केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘केहो यस्तो बेस्सरी गन्हाएको?’अर्जुन र उनका केही आफन्तले ‘गोरु मरेको ’जवाफ दिए । वरि परि कसैको गाई-गोरु नमरेको र अनिशा धेरैदिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरेका थिए । गाउलेले थाहा पाएपछि घटनाबारे प्रहरीलाई सूचना दिएको सिद्धलेक–३ का अध्यक्ष देवहादुर

पुलामीले बताए । 

प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति घांटी थिचेर हत्या गरका हुन् । प्रहरीले अर्जुनसहित उनका काका छवि र आफन्त इन्द्रलाई पक्राउ गरेको छ । सेप्टिक ट्यांकीको ढकनी खोली ब्ल्यांकेटमा पोको पारेर हालिएको अवस्थामा शव भेटिएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएकोछ । उक्त घटनाबारे माइती पक्षलाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ ।

- आजको कान्तिपुरमा समाचार छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!