काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी आवश्यक

Posted on: 22 Dec, 2019

पुष ६, काठमाडौँ | काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । 

चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो  साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ ।

उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त अध्ययनले काठमाडौं–पोखरा रेलमार्गको काठमाडौं प्रस्थान विन्दु टोखा र पोखराबाट लुम्बिनीका लागि जोडिने प्रस्थान बिन्दु कुरिनटार हुने देखाएको छ । 

- यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!