वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष कामदार रहेका छन् | सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ | 

विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष रहेका छन् | गएको मङ्सिरमा ५६ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा महिना ३१ हजार १८७ अदक्ष श्रमिक विदेश गएका छन् |

यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६ जना छन् भने अर्धसीप भएका पाँच हजार ७४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । त्यसैगरी व्यावसायिक सीप भएका ७५ जना र विशिष्ट सीप भएका सात जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ |- यो समाचार आजको गोरखापत्र दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!