टोखा–छहरे सुरुङमार्गः चिनियाँ प्राविधिक टोली काठमाडौँमा

Posted on: 28 Dec, 2019

पुष १२, काठमाडौँ | बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ ।

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सीमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो । 

त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको हो । 

- यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!