नेपाललाई थाहै नदिई नेपाली भूमि महाकालिमा भारतले चलायो एक्स्काभेटर

Posted on: 30 Dec, 2019

पुस १४, दार्चुला | भारतले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ | चिसोको मौका छोपेर भारतले उक्त फाइदा लिएको छ | चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेसंगै भारतले नेपाली भूमिमा अतिक्रमण थालेको हो |


भारतले नेपालका भूभाग लिम्पियाधु, लिपुलेक, कालापानी क्षेत्रलाई औपचारिक रुपमै आफ्नो राजनैतिक नक्सामा समेटी सकेको छ, भने फेरी पनि सिमा अतिक्रमण रोकिएको छैन | जिल्लाको व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ | भने महाकाली नदिनै प्रभावित हुनेगरी भीर कटान गरेर सडक बनाउने काम गरिरहेको छ |

भारतले नेपाली भूमिमा २०७४ सालमा नेपालको अनुमति नलिईकाँ  एकपक्षीय एक्साभेटर चलाएको थियो | हाल चिसोका कारणले गर्दा व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा मानिसको बसोबास छैन | उक्त क्षेत्रमा हिमपात भएपछि मानिसहरु तत्त्लो क्षेत्रमा सरेका छन् | दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो | अहिले नेपालको शुरक्षा उपस्थिति भने उक्त क्षत्रमा छैन|

महाकालीमा काठेपुल बनाएको बारे कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् | -यो समाचार आजको कान्तिपुर दैनिकमा मनोज बडूले लेखेका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!