कालापानीबारे भारतको दाबि यस्तो

Posted on: 03 Jan, 2020

पुस १८ काठमाडौँ | नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ | सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । 

भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा विहीबार भारतीय विदेश सचिव रविश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको छ । सीमा निधारणको प्रक्रिया पनि चलिरहेको छ ।’

आफ्नो मुलुकको राजनीतिक नक्साले नेपाली भू–भागलाई असर पर्ने काम नगरेको र नक्सा सही भएको दाबी गर्नुभयो । सीमा समस्या समाधान गर्न पछिल्लो विवाद बल्झिनुअगावै दुवैतर्फका परराष्ट्र सचिव संलग्न संयन्त्र गठन भइसकेको छ |

यता परराष्ट्र मन्त्रालयले पनि वार्ताबारे गृहकार्य भइरहेको बताउँदै छिट्टै वार्ताको मिति तय हुने जनाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीबीच टेलिफोन संवादका क्रममा सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो ।- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!