युद्धको सम्भावना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

Posted on: 10 Jan, 2020

पुष २५, काठमाडौँ | इरान-अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । 

इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । 

इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!