मध्यपूर्वको तनावले नेपालमा पाँच नोक्सान हुने

Posted on: 13 Jan, 2020

पुष २८, काठमाडौँ | मध्यवर्ती मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरुले जनाएका छन् ।

विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरुले चिन्ता जाहेर गरेका हुन् । 

उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरु जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरुको विश्लेषण छ ।

इरानमा द्वन्द्व बढ्दा तेलको मूल्यमा वृद्धि हुन जाने बताउँदै अर्थविद् डा.अधिकारीले यसबाट नेपालमा आयात हुने तेलको मूल्यमा वृद्धि भई तेल अभाव नै हुनजाने सम्भावना औंल्याए । यो समाचार आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन् । 

१. विप्रेषण आप्रवाहमा गिरावट

२.मूल्यवृद्धि

३.पर्यटकहरुको आगमनमा कमी

४.गरिबी निवारणमा असर

५.रोजीरोटी नै गुम्ने खतरा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!