भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर कति छ ?

Posted on: 19 Jan, 2020

आघ ५, काठमाडौँ | अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो ।

चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आएको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले  निकालेको छ । 

आईएमएफले चालू पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ ।

राजनीतिक स्थायित्व, विद्युत् आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफले बताएको छ | -यो समाचार आजको आर्थिक अभियान दैनिकमा  विजय दमासेले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!