वैदेशिक रोजगार मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ ।

सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बाहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् । 

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउन नियोगमा प्रमाणित मागपत्र अनलाइन गर्न सबै नियोगलाई पत्राचार गरे पनि दोहास्थित नेपाली दूतावासले भने विभिन्न बाहानामा प्रमाणित मागपत्रलाई अनलाइन गर्न नसकिने जनाउँदै आएको छ ।

विभागले विभिन्न चरणमा पत्र पठाएर अनलाइनमा जान सूचना जारी गरेपनि दूतावासले हाल आएर प्रणालीको संचालनका विषयमा जानकारी नआएकोले तत्काल लागू गर्न नसकिने जनाएको छ । 

- यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!