आफैंमाथि चक्कु प्रहार गर्दै फेसबुक लाइभ, प्रहरीले यसरी फेला पार्यो

Posted on: 19 Feb, 2020

फागुन ७, काठमाडौँ | प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो । फेसबुकमार्फत प्रहरीलाई आएको सूचना आत्महत्याको प्रयास गरिरहेको एउटा लाइभ भिडियोसँग सम्बन्धित थियो । 

फेसबुकले दिएको सूचनाका आधारमा सिआईबीले कालीमाटी नजिकैको रहेका एक युवाले आफूलाई बाच्न मन नलागेको त्यसैले आफूले आफैलाई सिध्याउने प्रयास गरिरहेको भन्दै आफूले आफ्नै छातीमा चक्कु प्रहार गर्दै फेसबुकमा लाइभ गरिरहेका थिए ।  सूचना पाउने बित्तिकै डीएसपी पशुपति राय नेतृत्वको टोलीले टेक्निकल इन्टेलिजेन्समार्फत फेसबुक प्रयोगकर्ताको लोकेसन यकिन ठेगाना पत्ता लगायो । 

प्रयोगकर्ता कालीमाटी छेउको रविभवनमा रहेको पत्तो पाएपछि सिआईबीले महानगरीय प्रहरी वृत्त कालीमाटीलाई घटनाबारे जानकारी दियो। वृत्तका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले आत्महत्याको प्रयास गरिरहेका युवाको घर पत्ता लगाउन एकछिन समय लगायो । लगत्तै दोस्रो घरको भुइँतलामाती युवा भेटिए । जसले आफैंमाथि चक्कु प्रहार गर्दै लाइभ गरिरहेका थिए। 

वृत्तको टोलीसँगै सिआईबीको टोली पनि उक्त घरमा पुगेको थियो। सिआईबीका अनुसार फेसबुकबाट सूचना पाएको एक घन्टा पनि नबित्दै प्रहरीले आत्महत्याको प्रयास गरिरहेका युवाको डेरामा पुगेको थियो । प्रहरीले आमासँग डेरामा बस्दै आएका ती २९ वर्षीय युवा डिप्रेसनको सिकार भएको अनुमान गरेको छ। 

विज्ञापन एजेन्सीमा काम गर्नेती युवाले प्रहरीलाई अष्ट्रेलियामा रहेकी प्रेमिकालाई लामो समयदेखि भेट्‍न नपाएको बताएकोकान्तिपुर दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!