चिन जाने भिसा लिन नेपालीले तेब्बर शुल्क तिर्नुपर्ने, कति लाग्छ अबको शुल्क ?

Posted on: 25 Feb, 2020

फागुन १३, काठमाडौं | नेपालमा चिनिया भिसा आवेदन केन्द्र खुलेपछी चिनको भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनिया भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने हुन्छ । 

अब चिनको लागि नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्कबापत ३ हजार ९ सय बुझाउनुपर्ने हुन्छ । त्यस्तै, एक्सप्रेस–२ भिसाका लागि ४ हजार ९ सय र सेवा शुल्क ५ हजार ८ सय ५० बुझाउनुपर्ने हुन्छ । एक्सप्रेस–१ भिसाका लागि ६ हजार २ सय र सेवा शुल्क ७ हजार ८ सय तिर्नुपर्ने हुन्छ । 

त्यस्तै नियमिततर्फ चार दिन, एक्सप्रेस–२ तर्फ तीन दिन र एक्सप्रेस–१ तर्फ दुई दिनमा भिसा पाउन सकिने भएको छ । यसअघि एक नेपालीले एकल प्रवेशमा चिनिया भिसाका लागि आवेदन दिदा नियमिततर्फ २ हजार २ सय रुपैया, एक्सप्रेस–२ तर्फ ४ हजार ९ सय र एक्सप्रेस–१ तर्फ ६ हजार २ सय नेपाली रुपैया बुझाए पुग्थ्यो । त्यसैगरी, दुई पटक प्रवेश, आधा वर्षको अवधिमा धेरैपटक प्रवेश, एक वर्षको अवधिमा धेर पटक प्रवेश र समूहगत प्रवेशका लागि भने सेवा शुल्क मात्र थप गरिएको छ ।

दुई देशका नागरिकको आवतजावत बढ्न थालेको भन्दै चीनले काठमाडौंस्थित कमलादीमा सोमबारबाट सञ्चालनमा आउने गरी चिनिया भिसा आवेदन केन्द्र सुरु गरको हो। केन्द्रको नेपालका लागि चिनिया राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरका हुन् ।

यसअघि ४५ देशका ९१ स्थानमा चिनिया भिसा आवेदन केन्द्र खुलिसकेका छन् ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!