भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै, व्यवस्थापन नभए संक्रमण भयावह हुन सक्ने

Posted on: 14 May, 2020

जेठ १, काठमाडौं । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरे लगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । 

सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल आउन सक्ने जनाइएको छ । उनीहरु नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । 

विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!