५७ हजार ९ सयले गरे कोरोना बिमा, कोरोना लागे १ लाखसम्म पाइने,

Posted on: 14 May, 2020

जेठ १, काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । 

गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । 

यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!