काठमाडौँमा कुकुर दर्ता नगरे कारबाही

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौँ  | महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो  कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर  पालुवा  कुकुरको  उचित संरक्षण  नगरिएको,  बटुवा  वा छरछिमेकमा हैरानी गराएको र  सार्वजनिक स्थलमा  मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान  सुरु  गर्न  लागेको  हो । 

महानगरले सचेतना  अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ | काठमाडौँ  महानगरपालिकाले घरपालुवा  कुकुरलाई  सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ | 

ओमबहाल, मैजुबहाल,जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ | आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!