सहुलियतपूर्ण कर्जा लिने बढ्दै : हालसम्म ६१ हजारले लिए

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ | व्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ । सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार ८ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जजना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको हो । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक, वित्तीय संस्थाले एक खर्ब ३७ करोड रुपैयाँ ब्याजको कर्जा लगानी गरेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा अहिलेसम्म सबैभन्दा बढी कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा छ । यसमा हालसम्म ७६ अर्ब ५९ करोड रुपैयाँ लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ । अहिलेसम्म ३३ हजार ८ १७ ले कृषि तथा पशुपंक्षी कर्जा लिएका छन् ।

- आजको नागरिक दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!