ब्यारेकबाटै हतियार गायब

Posted on: 08 Aug, 2016

साउन २४, डोटी | दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन् । पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन । सर्ट मेसिन गन एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ । 

स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ । यसअघि स्थानीय सञ्चारमाध्यममा हतियारसहित जवान भागेको समाचार प्रकाशन प्रसारण भएको थियो । उक्त समाचारप्रति सेनाले आपत्ति जनाएको थियो । 

पृतनाभित्रबाट कुनै पनि जवान गायब नभएको तर हतियारबारे छानबिन भइरहेको स्रोतको भनार्इ छ । 

हातहतियार गणना तथा जाँच भइरहेकै बेला सेनाले काठमाडौंबाट विशेष टोलीलाई हेलिकप्टरमा झिकाएर अनुसन्धान तीब्र बनाएको छ । - कान्तिपुर दैनिक  

यस बिषयमा तपाइको प्रतिक्रिया...!