कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौँ | औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।

विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।

अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!