नुवाकोटमा घरदेखि एक किमी टाढा २२ दिनकी सुत्केरी मृत फेला

Posted on: 05 May, 2018

वैशाख २२, त्रिशूली | बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । 

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!